श्रीलंकामा हट्यो संकटकाल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

श्रीलंकामा हट्यो संकटकाल

श्रीलंकामा पाँच दिनअघि लगाइएको संकटकाल हटाइएको छ।

न्युजवायरका अनुसार मंगलबार राति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाएको सूचना राजपत्रमा प्रकाशित भएको छ।गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार प्रदर्शन हुन थालेपछि राजापाक्षेले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए।श्रीलंकाको संविधानअनुसार संकटकाल घोषणा भएको दुई साताभित्र संसदबाट पारित गर्नुपर्छ। संसदमा राजापाक्षे सरकारको गठबन्धनमा रहेका दलहरूले साथ छोडेपछि उनको सरकार अहिले अल्पमतमा परेको छ।

संसदबाट पारित नहुने भएपछि राजापाक्षेले संकटकाल हटाएका हुन्। संकटकाल घोषणापछि श्रीलंकामा कर्फ्यू पनि लगाइएको थियो।राजापाक्षेको राजीनामा मागिरहेका प्रदर्शनकारीले कर्फ्यू तोड्दै प्रदर्शन गरेका थिए। आइतबार राति राजापाक्षे सरकारमा रहेका २६ मन्त्रीले राजीनामा दिएका थिए।सरकारमा आउन राजापाक्षेले गरेको आह्वानलाई विपक्षी दलले अस्वीकार गरिदिएका छन्।

सम्बन्धित खवर