आजको मौसम कस्तो छ ? - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

आजको मौसम कस्तो छ ?

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।बिहीबार प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खवर