साइनाे समाचारदाता पथरी/ चैत्र १८
मोरङको लेटाङ नगरपालीका वडा नं. ३ मा सुविधा सम्पन्न लेटाङ प्राथमिक स्वास्थ केन्द्रको उद्घाटन भएको छ । वडाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नबनिर्मित भवन तथा सिबिसी एनालाईजर मेसिनको नगर प्रमुख शंकर राई र उपप्रमुख कृष्ण कुमारी निरौलाद्धारा उद्घाटन गरेको छ ।
एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा र एक्सरे सेवा समेत संचालन गर्दै आएको स्वास्थ केन्द्रले नयाँ भवनबाट आधुनिक मेसिनद्धारा दिसा पिसाव रगत खकार चेक जाच गर्ने भएको छ । २ करोड ५ लाख ९८ हजार ९ सय १० रुपयाँको लागतमा बनेको प्राथमीक स्वास्थ केन्द्र भवन पोलो फुलमुन कम्पनीले गत पुस महिनामा सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरले नयाँ प्रविधीद्धारा उपचार पद्धती भित्रयाएको बताउदै नगरबासीलाई सेवा सुविधा लिन आग्रह गर्नु भयो । राईले सरकारले लागु गरेको ४ प्रकारको दिर्घ रोगिलाई नगरले महिनाको ५ हजारका दरले भत्ता दिने कामको थालनी गर्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा उप प्रमुख कृष्ण कुमारी राई, प्रमुख प्रसासकृय अधिकृत अच्छुत प्रसाद घिमिरेले नगरले जनताको स्वास्थमा कुनै पनि कदम चाल्न पछि नहट्ने तर जनताले पनि नगरले गरेका कार्यलाई संरक्ष गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा लेटाङ वडा नं. ३ का वडाध्यक्ष देवराज चाम्लीङले स्वास्थ भवन बन्नु ठुलो कुरा नरहेको तर यस भवनबाट पाउने सेवा सुविधा कस्तो हुन्छ त्त्यो ठुलो कुरा रहने भन्दै देशका जनता स्वास्थ र शिक्षीत भए भने समाज रुपान्तरण हुने बताए । चाम्लीङले लेटाङ प्राथमीक स्वास्थ केन्द्रमा भए जति सेवा सुविधा मोरङको कुनै पनि प्राथमीक स्वास्थ केन्द्रमा नरहेको समेत दावि गरेका छन ।