साइनाे समाचारदाता /पथरी, चैत्र १७
मोरङको पथरीशनिश्चरे ८ स्थीत समाल डाँडा खेल मैदानमा दोस्रो मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे वडा नं. ८ को मुख्य प्रायोजनमा मंगलबारे शुक्रबारे फुटबल क्लवको प्रतियोगिता आयोजनामा गरेको हो । चैत्र १९ देखि २६ गतेसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका ८ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्यचले नगद १५००, सर्वाेउत्कृष्ट खेलाडीले ५ हजार र हरेक बिधामा उत्कृष्ट हुनेले खेलाडीले नगद ३ हजार पुरस्कार पाउनेछन् । खेलको अनुमानित खर्च ४ लाख ५० हजार रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
खुल्ला नकआउट फुटबल हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खेलमा विभिन्न ८ वटा टिमले सहभागीता जनाउने छन् । एफ एफ सी धरान, वसन्त फुटबल क्लव जाँते, सिंहदेवी युवा क्लव लालभित्ती, मंगलबारे शुक्रबारे एफ।सी आयोजक, पथरी ११, इष्ट स्टार फुटबल क्लव मधुमल्ला, सनराइज युनाइटेड लेटाङ, तालतलैया फुटबल एकाडेमी इटहरी सहभागी हुनेछन् ।
खेल सञ्चालनका लागि वडा नं. ८ ले १ लाख ७० हजार आर्थिक सहयोग गरेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । खेलकुदका माध्यमबाट आफ्नो ठाउँ र खेलाडीको परिचय झल्कने भएकाले वडाले फुटबल पनि प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको वडा अध्यक्ष दाहालले बताए ।