काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

काठमाडौंको ब्रह्मखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं १७ चैत्र/ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रह्मखेलमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सोमलिङ्गेश्वर मन्दिर संरक्षण समितिको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

कागेश्वरी स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६७ जनाको रक्त परीक्षण, १५३ जनाको ईसीजी र ९८ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २९ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजनकले जनाएको छ ।

केएमसीले बुधबार काठमाडौंको चुनिखेलमा शिविर सञ्चालन गरेर १०१३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

सम्बन्धित खवर