कामना सेवाद्वारा एकैसाथ २ शाखा रहित बैंकिङ सेवा संचालन - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

कामना सेवाद्वारा एकैसाथ २ शाखा रहित बैंकिङ सेवा संचालन

साइनाे समाचारदाता पथरी/ चैत्र १७

कामना सेवा विकास बैंकले मोरङको दुई स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । पथरीशनिश्चरे–९ स्थित शनिश्चरे बजार र लेटाङ–९ स्थित जाँतेको मदन चौकमा १७ गते बिहिबारबाट शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो ।


पथरी शनिश्चरे–९ स्थित आर.के मोबाइल सर्भिस सेन्टर र लेटाङ नगरपालिका वार्ड नं. ९ जाँते मदन चौक स्थित अवि मेडिकल हलमा शाखा रहित सेवा संचालन सुरु भएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले पथरी बजारमा रहेको बैंकले शनिश्चरे र लेटाङमा शाखा रहित सेवा संचालनमा ल्याई जनतालाई बैंकिङ पहुचमा पुर्याउन ठुलो सहयोग गरेको भन्दै नगरवासीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नु भयो । साथै अधिकांश बैंकहरुले सेवा दिने क्रममा प्रक्रिया झन्झटिलो रहेको गुनासो जनताबाट आएकोले जनतालाई सहज सरल तरिकाले सेवा सुविधा दिनको लागी सुचित गराउनुभयो ।
त्यस्तै लेटाङ नगरपालिका वार्ड नं. ९ को कार्यलयको समुद्घाटन गर्दै लेटाङ नगरपालिका वार्ड नं. ९ वडाअध्यक्ष कृष्ण लुइटेलले जाँतेमा १ मात्र बैंक रहेको र त्यो समेत टाढा भएर गाह्रो भैरहेको अवस्थामा कामना सेवा विकास बैंकले शाखा रहित बैंकिङ सेवा प्रदान गरेकोमा खुसी ब्याक्त गर्नु भयो । बैंकले चाडै शाखा सहितको सेवा संचालनमा ल्याई जनतालाई सुविधा दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा कामना सेवा विकास बैंकका क्लष्टर हेड विजयराज बानियाले आमसर्वसाधारणको घर दैलोमा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्घेश्यका साथ संचालनमा आएको बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको इजाजत प्राप्त गरि देशभरी १३० भन्दा बढी शाखा, १ एक्स्टेन्सन काउन्टर, ६ शाखा रहित बैंकिङ सेवा र ७७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ बताए ।
३ वर्ष अघि देखी पथरीशनिश्चरेमा आफ्नो शाखा खोली सहज र सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्दै आएको पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई बताए ।

सम्बन्धित खवर