साइनाे समाचारदाता पथरी/ चैत १२
चिसाङ गङ्गा घाट निर्माण समितिको आयोजना तथा आराधना कृतन समुहको सहयोगमा शान्तिको कामना सहित ऐतिहासिक महापुराण सुरु भएको छ । चिसाङ खोलामा ब्यबस्थित घाट निर्माणका लागि सहयोग जुटाउने उदेश्यले आयोजना गरिएको श्रीमद्भागवत संगितमय सप्ताह महापुराणको बिधिवत कलस यात्रा सहित संघिय सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा उपप्रमुख कृष्णकुमारी निरौलाले पानसमा दियो बालेर उद्घाटन गर्नुभयो ।
बिश्वमै पहिलो पटक ५ बर्षका बालक सुकदेब स्वामिद्वारा दैनिक गिता तथा भागवत पाठ कथा बाचन गर्ने भएकोले लेटाङमा हुने महापुराण एतिहासिक हुने आयोजकको भनाइ छ । पबित्र उदेश्य लिएर पुराण सुरु गरिएकाले सबैले एकपटक पुराण सुनेर पबित्र हुन आयोजकले आग्रह गरेको छ । उद्घाटन वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले कार्यक्रममा सम्पुर्ण महानुभाव ज्युहरुलाइ कथा श्रवण गर्न र आफुले सकेको सहयोग गरि घाट निर्माण कार्यमा सहयोग पुर्याइ दिन आग्रह गर्नुभयो ।