साइनो समाचारदाता पथरी/ चैत्र ५
इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी द रियल ब्रदर्शले चुमेको छ । शनिवार भएको फाइनल खेलमा न्यू स्टार एफसीलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै द रियल ब्रदर्श एफसीले फाइनलको उपाधी चुमेको हो ।
उपाधीसँगै रियल ब्रदर्शले नगद २ लाख ५१ हजार रुपैयाँ र उपविजेता न्यू स्टारले १ लाख ५१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे । पहिलो हाफको २२ औं मिनेटमा न्यु स्टारले पाएको पेनाल्टी गोल गर्न नसक्दा हार बेर्होनु परेको हो । द रियल ब्रदर्शका खेलाडीले डिबक्स भित्र हेन्ड गरेपछि पाएको पेनाल्टी कप्तान सुरेन्द्र आङदेम्बेले गोल गर्नबाट चुकेका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा न्यू स्टारका सन्देश केसिले पहिलो गोल गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको द रियल ब्रदर्शले होस्रो हाफमा उत्कृष्ट नतिजा निकाल्यो । पहिलो सस्करणमा उपविजेत ाबनेको द रियल ब्रदर्शले खेलको ४५ र ४७ औं मिनेटमा २ गोल गर्न सफल भयो । ४५ औं मिनेटमा रियल ब्रदर्शले पाएको कर्नर किकको रिटन बललाई समीर याक्खा उत्कृष्ट सुट गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटमै अंकित लिम्बूले गोल गर्दै खेल २–१ को अग्रता सहित जित दिलाए ।
उपाधी सँगै द रियल ब्रदर्शले २ लाख ५१ हजार मेडल ट्रफी प्राप्त गरेको छ भने उपविजेता न्यू स्टारले १ लाख ५१ हजार प्राप्त गरेको छ । खेलको विधागत तर्फ द रियल ब्रदर्शका विशाल पाण्डे म्यान अफ दि म्याच घोषित हुदै नगद ३ हजार ट्रफी र मेडल प्राप्त गरे भने बेस्ट गोलकिपर द रियल ब्रदर्शका राजन धिमाल, बेस्ट डिफेन्स दिलिप धिमाल, बेस्ट फरवाड अंकित लिम्बू घोषित भए । प्रतियोगिताको बेस्ट कोच द रियल ब्रदर्शका सागर कार्की, प्रतियोगिताको उदयिमान खेलाडी शिखर एफ सिका समीर कटुवाल घोषित हुदै नगद ७ हजार ५ सयका साथ ट्रर्फि प्राप्त गरे भने प्रतियोगिताको फेयर प्ले टिम सिरिजङ्गा एफसी घोषित भयो । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी रियल ब्रदर्शका धिरेन विष्टले नगद १२ हजार ५ सयका साथ एक थान मोवाईल प्राप्त घोषित भए ।
त्यस्तै न्यू स्टारका दिपेन माझीले बेस्ट मिडफिल्डर र जुनियर साँवाले हाइ स्कोरर घोषित हुँदा नगद ७ हजार ५ सयका साथ ट्रर्फि प्राप्त गरे । प्रतियोगिता विजेता तथा उपविजेता टिमलाई प्रतियोगिताका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राई तथा टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका प्रतिनिधी र जिल्ला खेल्कुद संघका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार वितरण गर्नु भएको थियो ।