विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर रोडशेष चौक उत्तरस्थित मिथिला हार्डवेयरका सञ्चालक विनोद झा मृत अवस्थामा भेटिएका हुन।प्रहरीका अनुसार बुधबारबाट घरबाहिर नदेखिएका उनको शरीर पङ्खानजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएको हो।प्रहरीलाई घरमा रहेको होटलका कर्मचारीले बिहीबार बेलुका खबर गरेका थिए।
सोहीअनुसार प्रहरीले बिहीबार राति करिब १० बजे घरमा हेर्दा झा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए।जनकपुर घर भएका ५६ वर्षीय झा पछिल्लो समय एक्लै बस्दै आएको प्रहरीले जनाएको छ। पारिवारिक सदस्यका अनुसार चिकित्सक छोरी स्नेहा र श्रीमती साधना झा हुन्। दुवै जना केही दिनदेखि काठमाडौँमा भएको बताइएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।झाले पछिल्लो १ वर्षदेखि पसल पनि बन्द गर्दै आएका थिए।