भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गयो - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गयो

दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गएको छ ।

 

भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० खगिराम सारुले जानकारी दिनुभयो ।घर नजिकैको दाडीखोला जङ्गलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको असई सारुले बताउनुभयो ।खत्री भाइ र छिमेकीसहित दाउरा काट्न जङ्गलमा गएका थिए ।

सम्बन्धित खवर