संसद बिकाश कोषको सहयोगमा ड्राइभिङ तालिम सम्पन्न पथरी शनिश्चरेका ४३ युवा युवती लाभान्वित - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

संसद बिकाश कोषको सहयोगमा ड्राइभिङ तालिम सम्पन्न पथरी शनिश्चरेका ४३ युवा युवती लाभान्वित

साइनाे समाचारदाता/ पथरी  संसद बिकास कोषबाट पथरी शनिश्चरेका ४३ जना युवायुवती लाभान्वित भएका छन । संसद विकास कोषको सहयोगमा गौरिभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा लिले पथरी शनिश्चरेका ४३ युवा युवतीलाई हलुका सवारी चालक तालिम गराएको छ ।


१५ दिने तालिम फागुन १७ गते सुरु गरि चैत्र २ गते समापन भएको हो । फागुन २ गते एक कार्यक्रमको आयोजना गरि प्रदेश नं १ का वन बातावर तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाले ड्रइभिङ गुरु र प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको छ ।
देशमा अवसर, ज्ञान र सिपको अभावमा युवा युवती विदेशिनु पर्ने बाध्यता भएका कारण देशमै ब्यावसायीक रोजगारी दिलाउने उदेश्यले सानो तालिमको प्रयास गरेको मन्त्रि थापाले बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेंस पथरी शनिश्चरे नगर अध्यक्ष रुपनारायण भट्टराई, पर्शु कार्कीले ट्रेनिङ सेन्टर र प्रशिक्षार्थीहरुलाई शुभकामना दिनु भएको थियो ।


प्रदेश नं १ का वन बातावर तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाको संसद कोष मार्फत युवा युवतीलाई आत्मा निभर बनाउने उदेश्यका साथ बेसिक डाईभिङ तालिमको आयोजना गरेको ट्रेनिङ सेन्टरका प्रोपाइटर सन्तोष कटुवालले बताउनु भयो । गौरिभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा लिले २० जनाका लागि ७ दिने तालिममा ४३ जनालाई १५ लगाएर कटुवालले तालिम दिएको प्रशिक्षार्थीहरुले बताए ।

सम्बन्धित खवर