चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग, - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग,

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् ।

नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ र पोसाकबापत ६ हजार रुपैयाँ पाउनेछन् । चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर