आर्मीलाई हराउँदै ढल्के जोवन गोल्डकपको उपाधि दार्जीलिङको मानेभञ्ज्याङ एफसीलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

आर्मीलाई हराउँदै ढल्के जोवन गोल्डकपको उपाधि दार्जीलिङको मानेभञ्ज्याङ एफसीलाई

साइनाे समाचारदाता पथरी/ फागुन २४ मोरङको अमरदहमा सम्पन्न चौथो संस्करणको ‘अमरदह ढल्के जोवन गोल्डकप’को उपाधि दार्जीलिङको मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ।

सुनवर्षी नगरपालिका २ अमरदहमा मंगलबार भएको फाईनलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि जितेको हो।

मानेभञ्ज्याङलाई जिताउन राज राउतले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५५ औं मिनेटमा राउतले गोल गरेका थिए।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीले पाएका केही राम्रा अवसर खेर फाल्दा थप गोल निस्कन सकेन।

अन्ततः १-० को अग्रता जोगाएको पाहुना टोलीले उपाधि पनि रक्षा गर्‍यो।
उसको उपाधिसँगै नगद ५ लाख ११ हजार रूपैयाँ पुरस्कार पाएको छ। प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मी फुटबल क्लबले नगद २ लाख ५१ हजार रूपैयाँ प्राप्त गर्‍यो।

खेलको म्यान अफ द म्याच मानेभञ्ज्याङ भेट्रान क्लब दार्जीलिङका राज राउत भए। उनले नगद ५ हजार रूपैयाँ प्राप्त गरे ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिमका समिर प्रधान भए। यस्तै उत्कृष्ट डिफेन्स उपविजेता टोली आर्मीका युद्ध शाही भए।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मानेभञ्ज्याङका उर्गेन पिन्सो शेर्पा भए। यस्तै प्रतियोगितामा १ ह्याट्रिकसहित ७ गोल गरेका त्रिभुवन आर्मीका टेक बहादुर बुढाथोकी सर्वाधिक गोलकर्ता बने।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २१ हजार रूपैयाँ प्राप्त गरे भने अन्य विधागत पुरस्कार राशी १६ हजार रुपैयाँ थियो ।

प्रतियोगितामा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता जनाएका थिए।

फाइनल खेलको उद्घाटन पूर्व रक्षामन्त्री तथा मोरङ क्षेत्र नं. २ सांसद डा. मिनेन्द्र रिजाले गरेका थिए।

खेलमा रौनकता बढाउन विभिन्न जातजातिको झाँकीका साथै अमरदहका विद्यालयले नृत्य प्रस्तुत गरेका थिए।

सम्बन्धित खवर