सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

लमजुङको सुन्दरबजार नगरपालिका सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।

सुन्दरबजार–९ मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको हिजो ज्यान गएपछि तनाव भएको थियो । मृतका आफन्तले विद्यालयल लापरबाही गरेको भन्दै प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रसासन कार्यालय लमजुङले जनाएको छ ।

श्रेष्ठ फ्युचर स्टार आवासीय माविको छात्रबासमा बस्दै आएका थिए । तनावपछि सुन्दरबजार–७ को पूर्व–दक्षिण पाउँदी पुल, पूर्व राइनासतर्फको मस्र्याङ्दी नदी पुल, पश्चिममा वडा नम्बर–९ को मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सिउँडीबार चोक चार किल्ला क्षेत्रमा निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । मृतका आफन्त र प्रसासनबीच वार्ताका लागि पहल भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर