ओली मोरङ आउने, के छ कार्यक्रम ? - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

ओली मोरङ आउने, के छ कार्यक्रम ?

मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्।

माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर उनको स्वागत गर्ने भएका छन्।  बिहान ११ बजेदेखि सुरु हुने एमालेले गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउने एमालेबाट निर्वाचित मोरङका प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए।

माओवादी केन्द्रबाट निर्वाचत बगडियासहित उपाध्यक्ष केशवकुमारी खराल तथा वडाध्यक्षहरू  एमालेमा प्रवेश गर्न लागेका हुन्।माओवादी र एमालेको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो। माओवादीले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनी आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिँदै आएका थिए। बगडिया मोरङमा माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख हुन्।

सम्बन्धित खवर