पथरी शनिश्चरेमा फागुन २८ गतेबाट चैत ४ गतेसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाइने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

पथरी शनिश्चरेमा फागुन २८ गतेबाट चैत ४ गतेसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाइने

साइनाे समाचारदाता पथरी/  १८ फागुन

मोरङको पथरी शनिश्चरे नगरमा फागुन २८ गतेबाट चैत ४ गतेसम्मको एक साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । आम औषधि सेवनका लागि योजना तय गर्न आज नगरपालिका कार्यालयमा आयोजित ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा कार्यक्रमलाई प्रभावकारी बनाउन वडा वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय भएको छ ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ११ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत औषधि सेवन गराइने छ ।

नगर प्रमुख दिलीपकुमार राईले औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सवै पक्षको प्रचारात्मक अभियान सहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सवैलाई यो अभियानमा सामेल हुन आव्हान गर्नुभयो । औषधि सेवनमा कोहि छुटेमा उनीहरुबाटै पुन रोग सर्ने भएकाले अभियानमा सवै सामेल हुनुपर्ने प्रष्ट्याउँदै त्यस्तो आव्हान गर्नुभएको हो ।

भोलीबाट वडास्तरीय सचेतना तथा प्रचारात्मक कार्यक्रम थालिने र अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भोली र पर्सी तालिम प्रदान गर्ने निर्णय भएको छ । औषधि कम सेवन भएको क्षेत्रको पहिचान गर्नुका साथै महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम, विद्यालय शिक्षा, पत्रकार सम्मेलन गरेर प्रचार प्रसारलाई व्यापक बनाइने स्वास्थ्य शाखाका प्राविधिक एकराज खत्रीले जनाउनु भयो ।

क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगको विरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधि सहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको जनाइएको छ । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, क्षारे रोगका विरामीले बाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने जानकारी गराइएको छ ।

स्वास्थ्य शाखाका जगतप्रसाद मगरले हात्तीपाइले रोगको जानकारी सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले सहितको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष, ज्येष्ठ नागरिक, अस्पताल संचालक, शिक्षक संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय र स्वास्थ्य शाखाका प्रतिनिधिको सहभागिता गराइएको थियो ।

 

सम्बन्धित खवर