साइनाे समाचारदाता पथरी/ फागुन २२, कम्युनिष्टले भोटका लागी राजनिती गरेकाे प्रदेश नम्बर १ का वन बाताबरण तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाले बताउनु भएकाे छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ काे भातृ संस्थालाई पुर्णता दिने कार्यक्रममा बाेल्दै मन्त्री थापाले एम सि सीकाे नारा घन्काएर कम्यूिनष्टले जस्ताे काग्रेंसले भाेटकाे राजनीती नगर्ने भन्दै काग्रेंस लाेक हितका लागि काम गर्ने बताउनु भयाे ।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ ले २० गते भएकाे भेलाले भातृ संस्था त्तरुण दल,महिला संघ र दलीत संघ गठन गरेको छ । भेलाले तरुण दलको सभापतिमा डम्बर साँवा,उपसभापतिमा राजीत राई,श्याम याक्सो,महिला संघको सभापतीमा निर्मला चौहान,दलीत संघको सभापतीमा सम्झना नेपाली लाई चयन गरेको छ । नेपाली काँग्रसे पथर िशनिश्चरे वडा नम्बर ३ का वडा सभापति विजय लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर १ का वन बाताबरण तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
क्षेत्रीय सभापति पर्शुराम कार्की पुर्व क्षेत्रीय सदस्य रमेश कोईराला,क्षेत्रीय प्रतिनिधि लोकनाथ खरेल,महाअधिवेशन महिला प्रतिनिधि मिना सेन्चुरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । आफ्नो धारणा राख्दै प्रमुख अतिथि तथा प्रदेश नम्बर १ का वन बाताबरण तथा भु संरक्षण मन्त्रि थापाले कम्युनिष्ठटले भोटका लागी राजनीति गरेको तर काँग्रेसले जनताको लागी राजनीति गरेको बताउनु भयो । वहाँले जनताले अवको निर्वाचनमा नेपाली काँग्रसलाईनै अगाडि बढाउने भन्दैे बैचारीक द्धन्धलाई आजैबाट बन्द गर्न आग्रह गर्नु भएको थियो ।