पथरी शनिश्चरे नगरपालिका ७ मा बुम ह्युम पुजा सुरु - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पथरी शनिश्चरे नगरपालिका ७ मा बुम ह्युम पुजा सुरु

साइनाे समाचारदाता/  पथरी फागुन २०

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलीमा विश्व शान्तिको कामना सहित ५ दिने बुम ह्युम पुजा सुरु भएको छ । नेपाल तामाङ घेदुङ सांस्कृतीक भवन निर्माणको सहयोगका निम्ती शनिबार बाट सुरु भएको बुमह्युम उद्घाटन प्रदेश नम्बर १ का बन बाताबरण तथा भु संरक्षण मन्त्रि शेखर चन्द्र थापाले गर्नुभएको छ ।

नेपाल घेदुङ संघ पथरशिनिश्चरे नगरसमितिको अयोजनामा भएको बुम पुजा २५ गते समापन हुने छ । बौद्ध धर्मगुरु भिक्षु लामाहरुद्धारा वाचन हुने पुजामा आचार्य साङ्गे लेग्देन गुरुबाट प्रवचन हुने अयोवजक समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले शान्तिका दुत गौमबुद्धले नेपालमा जन्मिएर बिश्वभर शान्तिको शन्देश छर्न सफल भएको भन्दै सबैलाई बुद्धशन्देश पहिल्याउदै हिड्न आग्र गर्नुभयो । मन्त्री थापाले यस्ता सांस्कृतीक कार्यका लागी आफु सँधै सकरात्मक रहेको भन्दै सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ प्रदेश १ का अध्यक्ष रेग बहादुर तामाङको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर