जाँतेमा टिकाप्रसाद हर्कवती चेम्जोङको सालिक अनावरण - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

जाँतेमा टिकाप्रसाद हर्कवती चेम्जोङको सालिक अनावरण

साइनाे समाचारदाता/ फागुन १८
१ नम्बर प्रदेश भित्रको यातायात सम्बन्धी सबै कामहरु अनलाईन माध्यमबाट सुरु हुने प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताउनु भएको छ । लेटाङ ८ जाँते बजारमा टीकाप्रसाद हर्कवती चेम्जोङको शालिक अनावरण गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो ।


जाँते बजार, गाविस र विद्यालयलाई जग्गा दान दिदै जाँते बजार स्थापित गर्नु हुनु चेम्जोङ परिवारको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । टीकाप्रसाद उहाँका सन्तानको मात्र बाबू नभएको उल्लेख गर्दै मन्त्री घिमिरेले जाँतेको बिकासमा उहाँले जग बसाएर जानू भएको बताउनुभयो ।


मन्त्री घिमिरेले प्रदेश नं. १ सरकारले यातायात क्षेत्रमा सुधारका काम सुरु गरेको बताउँदै १ नम्बर प्रदेशका ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने बताउनुभयो । घिमिरेले चैत १ देखि बिराटनगरबाट,चैत १५ देखि सुनसरीबाट,बैशाख १ देखि झापाबाट ,बैशाख १५ देखि धनकुटा ,उदयपुर र इलामबाट र जेठ १ गते देखि खोटाङबाट अनलाइन सेवा सुरु गर्ने तयारी भइरहेको बताउनु भयो । मन्त्रालय विभाजनको आलोचना भएको उल्लेख गर्दै कर्मचारीहरूले अभिभावक पाएको बताएकोले मन्त्रालय विभाजन आवश्यकता फुटेको धारणा राख्नुभयो ।


जग्गादाता चेम्जोङ दम्पतीले जाँते बजार, जाँते मावि, जाँते स्वास्थ्य चौकी र तत्कालीन जाँते गाविस (हाल वडा नं.८ को कार्यलय) निर्माण गर्न स्वर्गीय चेम्जोङ दम्पतीले साडे १२ कट्ठा जग्गा दिनु भएको थियोे । जाँते माविलाई, वडा कार्यलय र स्वास्थ्य चौकी साडे ७ कट्ठा एवम् जाँते बजारलाई २०४४ सालमा ५ कट्ठा जग्गादान दिनुभएको थियोे ।


टीकाप्रसाद हर्कवती स्मृति प्रतिष्ठानका अध्यक्ष ओमप्रकाश चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी पोख्रेल, वडा अध्यक्ष भिम प्रसाद पोख्रेल, कांग्रेसका नेता इन्द्रबहादुर मावोहाङ, विमला राई, नन्दप्रसाद खतिवडा लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित खवर