पथरी शनिश्चरे प्रिमियर लिग सरु, उद्घाटन खेलमा शिखर एफसी विजयी - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

पथरी शनिश्चरे प्रिमियर लिग सरु, उद्घाटन खेलमा शिखर एफसी विजयी

सरोज निरौला पथरी /१९ फागुन

खेलकुद हाम्रो सान स्थानयि खेलाडि उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ दोस्रो पथरी शनिश्चरे प्रिमियर लिग सरु भएको छ । उद्घाटन खेलमा वाईजिएफटी फुटबल क्लबवलाई हराउदै शिखर फुटबल क्लब बिजयी भएको छ ।

मोरङ पथरी शनिश्चरे नगरपालिकामा जारी ईन्ट्रा नेस्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अमेरकिाको मुख्य सहयोगमा जारी प्रतियोगतिाको उद्घाटन खेलमा वाईजिएफटी फुटबल क्लबवलाई ० १ गोल अन्तरले पराजित गर्दै शिखर फुटबल क्लबले ३ अंक बटुलेको हो ।
शिखर फुटबल क्बलवका लागी खेलको ५५ औँ मिनेटमा सौरज राउतले गरेको एक मात्र गोलनै खेलको निर्णायक गोल बन्यो । वाईजिएफटीले खेलमा निक्कै राम्रा अवसर पाएपनी स्कोर गर्न नसक्दा पहिलो खेलमा अंक गुमाउनु पर्यो ।

आजको खेलको म्यान अफ द म्याच शिखर फुटबल क्लवका गोल कर्ता सौरज राउत घोषित हुँदै नगद ३ हजार सहित ट्रफि हात पारेका छन् । भोलीको खेल १० नबोदय र वाइ एफसी विच हुने छ ।खेलको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राई र कार्यक्रमका विशिष्ट अतिथी नेपालका राष्ट्रिय कलाकार रमित ढुंगानाले गर्नुभएको थियो ।

१९ गते बाट सुरु भएको प्रतियोगिता चैत्र ५ गते समापन हुनेछ । प्रतियोगितामा आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटिले पथरी शनिश्चरे नगर भत्रिका ८ क्लवलाई सहभागिता गराएको छ । लिग माध्यमबाट हुने प्रतियोगितामा वाइ जि एफ टी, शिखर एफ सी, न्यु स्टार एफसीका, सिरिजंङ्गा एफसी, द रियल ब्रदर्श, देबिगञ्ज एफसी र १० नवोदय एफ सिले सहभागिता जनाएका छन भने यसै सिजनबाट पथरी शनिश्चरे शरणाथी शिविर क्यामको एक टिम वाइ एफ सिले पनि सहभागिता जनाएको छ ।

पथरी शनिश्चरे प्रिमियर लिग कमिटिले अक्सन मार्फत खेलाडिहरुलाई अनुवन्धित गरी दोस्रो संस्करणको प्रिमियर लिग सरु गरेको हो । ए डिभिजन लिग बाहिरको यस प्रतियोगीता नेपालमै पहिलो रहेको मोरङ जिल्ला खेलकुद संघ अध्यक्ष दिपेन्द्र धिमालले बताए ।खेल पथरीशनिश्चरे नगरको प्रस्तावित पथरी रंगशाला सुरु भएको छ । प्रतियोगिताको उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रप्त गर्ने छ । प्रतियोगिताको अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने छ भने बिधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद तथा ट्रर्फी प्रदान गरिने छ ।

सम्बन्धित खवर