ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी जनताकाे मन जित्दै - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी जनताकाे मन जित्दै

रबिन्द्र बराल फाल्गुन १४/ ईलाका प्रहरी कार्यालय रंगेलीले फाल्गुन १२ गते धनपालथान गाउँपालिका ४ बाट बेवारिसे अवस्थामा फेला पारेका बालकलाई आफन्तको जिम्मा लगाएको छ । सर्लाही बरहथवा नगरपालिका १४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई फेला पारेको बालक जिम्मा लगाएका हुन ।

सुस्त मनस्थिति भएका २२ बर्षका दिलिप रामलाई रंगेली प्रहरीले फेला पारेर संरक्षणमा राखेका थिए । प्रहरीले सोहि दिन आफ्नो फेशबुक मार्फत बालक फेला परेको सुचना निकालेका थिए । फेशबुक मार्फत आफुले छोरा लाई फेला पारेको बुबा बिरेन्द्र रामले बताए । प्रहरीले मानवता देखाउदै दिलिपको शरिरमा एक सरो लुगा समेत नभएको देखेर ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरीले दिलिप लाई राम्रो लुगा र खुट्टामा चप्पल लगाएर उनको बुबा आमालाई जिम्मा लगाएका हुन ।

सम्बन्धित खवर