साइनाे समाचारदाता सुनबर्सी, फागुन १४/ माेफसलकै ठुलाे धनरासी र सफल मानिएकाे अमरदह ढल्के जोबन गोल्डकप फुटबल प्रतियाेगिताकाे चाैथाे संस्करण अन्तरगतकाे दाेस्राे खेलमा द योङ ब्रदर्स सुनसरी विजयी भएकाे छ । मोरङको सुनबर्षी नगरपालिका २ मा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप फुटबल प्रतियोगिताकाे दाेस्राे खेलमा द योङ ब्रदर्स सुनसरी बिजयी भएको हाे । द योङ ब्रदर्स सुनसरीले पाहुना टाेली पिप्ले युवा क्लब हेटौंडालाई १ – ० गाेल अन्तरले हराउँदै दाेस्राे चरण प्रबेश गरेकाे हाे ।

संघर्षपुर्ण खेलमा ६७ ओैं मिनेटमा योङ ब्रदर्स सुनसरीका जयनारायण चौधरीले गरेकाे गाेल नै निर्णायक गोल बन्याे । चौधरीले डिबक्स बाहिर पाएकाे फ्रिकिकलाई सदुपयाेग गर्दै उत्कर्षट गाेल गरेका हुन । पिप्ले युवा क्लब मकवानपुर हेटौंडाले खेलमा निकै राम्रा अवस पाए पनि स्काेर निकाल्न नसक्दा हार बेहाेनु पर्याे । खेलकाे अन्तिम थप अतिरिक्त समयमा हेटौंडाले पाएकाे फ्रिकिकमा गाेल गरे पनि रेफ्रिले अफसाईट दिएका थिए ।
खेलकाे म्यान अफ म्याच सुनसरीका गणेश हेमरम घोषित हुदै नगद ५ हजार र ट्रफि प्राप्त गरे । आइतबार पुर्वाञ्चल भेट्रान झापा र दार्जिलिङ बीच खेल हुनेछ ।

प्रतियाेिगतामा नेपाल ,भारत र भूटानका गरि १२ वटा भेट्रान्स टिमकाे सहभागिता रहेकाे छ । भूटानको विआर क्लब थिम्पू, सिक्किमको गोर्खा फुटबल क्लब, दार्जिलिङको एमएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, बिराटनगरको बिराट मेघा स्पोर्टस एकेडेमी, रुपन्देहीको बुद्धभुमि फुटबल एकेडेमी बुटबल, हेटौडाको बि वाई क्लब, पोखराको पोखरा भेट्रान्स, सुनसरीको द योङ ब्रदर्स, झापाको पूर्वाञ्चल भेट्रान्स र आयोजक ढल्के जोवन युवा क्लबले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
उपाधि बिजेता टाेलीले नगद ५ लाख ११ हजारका साथ मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टाेलीले नगद २ लाख ५१ हजार सहित पुरस्कार प्रदान गरिनेछ । सुनवर्षी २ को वीरेन्द्र सार्वजनिक माविको खेलमैदानमा सुरु भएकाे प्रतियोगिता आयोजना गर्न ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन आउने पाहुना टिमका लागि आयोजकले उर्लाबारी र पथरीशनिश्चरेका होटलहरुमा आवासका ब्यवस्थापन गरेको छ ।

















