झपाको कनकाइ नगरपालीका ४ सुरुङमा रहेको पुकार अपाङग अशक्त समाजलाई ३२ हजार बरावरको खाद्यय सामाग्री र लत्ता कपडा सहयोग भएको छ । समाजमा रहेका १७ जना बालबालीकाका लागि नेपाल डेरी एसोसिएसन प्रदेश नं. १ मा अध्यक्ष तथा झापा दमकमा रहेको माता पाथीभारा डेरीका संचालक गंगा बहादुर खड्काले सहयोग गरेका हुन ।
खड्काले आफ्नो ३३ औं जन्म उत्सवको अवसरमा उक्त सामाग्री सहयोग गरेका हुन । खड्काले १७ जना बालबालीकाको लागि २४ हजार बरावरको खाद्यय सामाग्री र ८ हजार बरावरको न्यानो कपडा सहयोग गरेका हुन । खड्का ले प्रत्येक बर्ष आफ्नो जन्मउत्समा हुने फजुल खर्च आर्शममा सहयोग गर्ने गरेका छन ।
२०६४ सालमा स्थापना भएको पुकार अपाङग अशक्त समाजमा हाल १७ जना बौदिक अपाङगता भएका बाल बालिकाहरु रहेका छन । खड्काको सहयोगले समाजलाई केहि राहत मिलेको संचालिका निर्मला ओझाले बताइन । समाजका बौदिक अपाङगता भएको नानिहरुलाई जम्मा गरि झापाकी निर्मला ओझाले पुकार अपाङग अशक्त समाज संचालिका गदै आएकी छन । पछिल्लो समय समाजका बौदिक अपाङगता भएको नानिहरु संग उत्सव मनाउनेको संख्या बढ्दै गएको छ ।