आरन ब्यवसायीहरुलाई सहयोग सामाग्री वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

आरन ब्यवसायीहरुलाई सहयोग सामाग्री वितरण

साइनो समाचारदाता/ लेटाङ, ९ फागुन 

लेटाङ नगरपालिकाले ब्यवसायको प्रवर्धन गरौ भन्ने उदेश्य राखेर आरन संग सम्बन्धित सामाग्रीहरु वितरण गरेको छ ।


गाउँमा खेतीपाती नगर्ने कोही छैनन् । अधिकांशले धान, मकै तरकारी, अलैँची, अम्म्रिसो, सुन्तला लगायत बाली लगाएकै छन् भने ब्यवसायिक वा परम्परागत रुपमा पशुपंक्षी पालन ब्यवसाय गरेका छन । मकै छर्ने, तरकारी लगाउने लगायत कामको यस वेला चटारो छ ।

खेती किसानीमा प्रयोग हुने औजारको किनबेच हुनेबेला पनि यही हो । तर घरेलु औजारको निर्माणमा परम्परागत शैली नै अपनाई रहदा ब्यवसाय मज्जाले फस्टाउन सकेको छैन । किसानहरु औजार किन्नका लागि बाह्य वजारको भर पर्नुपर्ने अवस्था छ ।

यहि विषयलाई मध्यनजर गर्दै लेटाङ नगरपालिकाले ४२ जना आरन ब्यवसायलाई प्रवर्धन गर्नका लागि आवश्यक सहायक सामाग्री वितरण गरेको छ ।

आज लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले नगरपालिका क्षेत्र भित्र परम्परागत रुपमा ब्यवसाय गरिरहेका विपन्न आर्थिक अवस्थ भएका ब्यसायीहरुलाई आरन ब्यवसायमा चाहिने आवश्यक सहायक सामाग्रीहरु वितरण गर्नुभयो । उहाँले कृषी ,पशुपालन र घरायसी प्रयोजनका लागि औजार अति आवश्यक रहेको र यसलाई ब्यवसायिक बनाउन सके धेरैले रोजगारी पाउने भएका हुदाँ ब्यवसायिहरुको जीवनस्तर उकास्नका लागि यस ब्यवसायलाई सहयोग गरेको बताउनुभयो । नगरपालिका क्षेत्र भित्र रहेका अन्य ब्यवसायलाई समेत सहयोग गरिरहेको बताउदै सिप , क्षमता विकास गराउनका साथै सहायक सामाग्री दिएर ब्यवसायहरुलाई सहयोग पुयाईरहेको बताउनुभयो ।

कार्यक्रमलाई संयोजन गर्नुभएकी कार्यपालिका सदस्य मुना सार्कीले दलित समुदायले संचालन गरिरहेका ब्यवसायहरुमा आफुहरुले विशेष योजना बनाएर अगाढी बढेको बताउनुभयो । उहाँले क्रमै संग सबैलाई सहयोग गर्ने बताउनुभयो ।

यो याममा सिक्कल, हँसिया, खुर्पा, बाम्फोक, कोदालो कोदाली, काँटा लगायत उपकरणको प्रयोग अत्यधिक हुने र हातमा सिप भएर पनि मेसिन खरिद गर्न नसकेर ब्यवसायि हुन नसकि रहेको वेला नगरपालिकाले वितरण गरेको सामाग्रले औजार वनाउन छिटो र सजिलो हुने भएकाले ब्यवसाय फस्टाउने ब्यवसायी चहके विश्वकर्माले वताउनुभयो । उहाँले नगरप्रमुख शंकर राई र नगरपालिकालाई धन्यवाद समेत दिनुभयो । (बाईट)

घरेलु औजार बनाउन लागि आधुनिक मेसिन ग्यालेन्डर मेसिन, कटिङ मेसिन,आगोफुक्ने, घन,रेति,सनासो, हाते मेसिन, र ड्रिल मेसिन लगायत वितरण गरिएको कार्यक्रमकी सहसंयोजक सुशीला विश्वकर्माले जानकारी दिनुभयो ।

सम्बन्धित खवर