पथरी शनिश्चरे शिविर क्याममा आग्लागि, दमकल नहुदा क्षति राेक्न सकेन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पथरी शनिश्चरे शिविर क्याममा आग्लागि, दमकल नहुदा क्षति राेक्न सकेन

साइनाे समाचारदाता पथरी/ फगुन ३, मोरङको पथरी शनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविर क्याममा आग्लागी भएको छ । आग्लागीबाट पुरानो सेक्टर एच फोरका राम चन्द्र राईको दुईवटा भुई घर जलेर नस्ट भएको छ । दुई जम्ल्या दाजुभाईको ७ परिवार बस्दै आएको घरमा आग्लागी हुदा २ घर सहित ५ लाख बराबरको सरसामान नष्ट भएको छ ।

दिउसो ४ बजेको समयमा सुङ्गुरलाई चारो पकाउने क्रममा भएको आग्लागी स्थानय, प्रहरी र सशस्रको सहयोगमा नियन्त्रण भएको थियो । पथरी शनिश्चरे नगरपालीकामा दम्कल नभएका कारण छिमेकी पालिका उर्लाबारी, कानपोखरी, लेटाङ र बेलबारीको दमकलले आगो नियन्त्रण गरेका थिए । टाढाबाट दमकल आउन समय लागेका कारण क्षति भने रोकन नसकिएको स्थानियले गुनासो गरेका छन । यता पालिकाले भने पटक पटक दमकल किन्ने भन्दै रकम छुटाउने र अन्य स्रोतमा खर्च गर्दै विबादमा पर्दै आएको छ ।

सम्बन्धित खवर