अस्पतालका सबै सेवा खुल्ला छन् : नोबेल अस्पताल प्रशासन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

अस्पतालका सबै सेवा खुल्ला छन् : नोबेल अस्पताल प्रशासन

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अव?द्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचा? रहेको जानकारी दिएको हो ।

अस्पतालका सेवाह? सूचा? भए÷नभएको विषयमा विरामीह?ले टेलिफोनबाट सोधपुछ गर्ने क्रम बढेको भन्दै अस्पताल प्रशासनले यो विषयमा सूचना जारी गरेको हो । ‘केही दिनदेखि अस्पताल सेवा बन्द रहेको भनी जनमानसमा भ्रम फैलिएको र धेरै विरामीह?ले अस्पतालमा फोन सम्पर्क गरी सोधखोज गरिरहनु भएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,‘नोबेलको ओपीडी, इमरजेन्सी, भर्ना, अप्रेशन लगायत सम्पूर्ण सेवा सूचा? रहेको जानकारी गराइन्छ ।’

नोबेल, निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठूलो अस्पताल हो । नोबेलमा पूर्वी नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकबाट पनि दैनिक करिब तीन हजार विरामी उपचारका लागि आउँने गरेका छन् । सर्वसुलभ मूल्यमा भरपर्दो उपचारका लागि नोबेल विरामीह?को रोजाइमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलले जटिल एवं दुर्लभ अप्रेशन पनि सफलतापूर्वक गर्दै आएको छ ।

सम्बन्धित खवर