केएमसीकाे एक महिने निःशुल्क स्वास्थ्य शिविर साली नदीमा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

केएमसीकाे एक महिने निःशुल्क स्वास्थ्य शिविर साली नदीमा

साइनाे समाचारदाता काठमाडौं, ९ माघ/  श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थित साली नदीकाे किनारामा श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हाे ।

साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेकाले ब्रतालुहरुलाई लक्षित गर्दै एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ । विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली शिविरमा खटिएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

सम्बन्धित खवर