काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, सुरु भयो विद्यार्थी भर्ना - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, सुरु भयो विद्यार्थी भर्ना

काठमाडौं, ६ माघ । काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।

अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउँने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सहमति भएको जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउँन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएर विद्यार्थी भर्ना धमाधम हुँन थालेको जेनेरल मेनेजर दाहालले बताए ।

सम्बन्धित खवर