साइनाे समाचारदाता पथरी/ माघ ६
क्याम्पसको जग्गा टुक्राएर बाटो बनाउन खोजेको भन्दै ५ विद्यार्थी संगठनले रोक लगाएका छन । पथरी बहुमुखी क्याम्पस हाता भित्र रहेको जग्गामा बाटो खोल्न खोजे पछि विबाद उत्पन्न भएको थियो । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको जोरधारा चौक र सम्झना बस्ती जोड्ने द्रुत मार्ग खोल्ने क्रममा विबाद सृजना भएको हो । विबाद पछि तत्कालै नगर प्रमुख दिलिप कुमार राईलाई ५ विद्यार्थी संगठनले संयुक्त विज्ञप्त समेत बुझाएका छन ।
बहुमुखी क्याम्पसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (समाजवादी), लिम्बू विद्यार्थी मञ्च, र किराँत राई विद्यार्थी संघले संयूत्त विज्ञप्ती मार्फत क्याम्पसको संरक्षणका लागि विद्यार्थी संगठनहरु चुप लागेर हात बाँधेर नवस्ने चेतावनी दिन चाहन्छौं ।
बाटोको निकासका लागि २०७८ माघ ५ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको समन्वयमा बैठक बसेको थियो । उक्त बैठकमा सरोकारवाला पक्षहरु बिच सहमति जुट्न सकेको थिएन । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, विद्यार्थी संगठन र उपभोक्ता समितिका बीचमा सहमति निकाल्न बसेको बैठकमा उपभोक्ताहरु आक्रामक शैलीमा हुल हुज्जत बाँधिएर क्याम्पस सञ्चालक समितिका र प्रतिनिधि माथि दवाव सिर्जना गरेको विज्ञप्तीमा उल्लेख छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष र प्रतिनिधि माथि दवाव सिर्जना गर्दै जबर जस्ती बाटो बनाउँछौ भन्ने भनाइप्रति विद्यार्थी संगठनले खेद प्रकट गरेको छ । सुखद जनजीवनका लागि बाटो अत्यावश्यक रहेको र त्यसमा कसैलाई बञ्चित गर्न नहने कुरामा उल्लेख गर्दै क्याम्पसको केही जग्गालाई छुट्टयाएर बीचबाट बाटो खोल्ने कुरा कुनै पनि हालतमा सम्भव नरहेको विज्ञप्तीमा उल्लेख छ ।
सार्वजनीक सम्पती क्याम्पसको जग्गा जोगाएर पश्चिम तर्फबाट बाटो खोल्न सम्बन्धित उपभोक्तालाई अनुरोध गर्दै नगरपालिकालाई सोहीअनुसार गराउन विद्यार्थी संगठनको माग छ ।
उपभोक्ताले सहमति नखोजी आक्रामक तरिकाले बाटो बनाउन लागे विद्यार्थी संगठन क्याम्पसको संरक्षणका लागि प्रतिरक्षमा उत्रने चेतावनी दिएका छन । यदि क्याम्पसलाई असर पुग्ने कुनै किसिमको कार्य भएमा तत्पश्चात विद्यार्थी संगठनहरु आन्दोलनको जुनसुकै हद सम्म जान विज्ञप्तीमा उल्लेख छ । आन्दोलनको क्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी क्याम्पस पक्षको नभई सम्बन्धित निकायको लिनु पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
उक्त विबाद र घटनाको खेद प्रकट गर्दै अनेरास्ववियू पथरी बहुमुखी क्याम्पस कमिटिले पनि छुट्टै विज्ञप्ती निकालेको छ । सोहि प्रकारको विज्ञप्ती निकाल्दै क्याम्पसको जग्गा संरक्षणका लागि माग गर्दै सोहि समयमा नगर प्रमुखलाई विज्ञप्ती बुझाएको हो ।