साइनाे समाचारदाता/ पथरी माघ ६
मोरङ पथरी शनिश्चरे ३ की हरिनारसाइलीले यो कठ्याङरीदो जाडोमा न्यानो ओत पाएकी छन । उनको घरमा न्यानो ओतलिएर पुगेका छन पथरी शनिश्चरे १ का भक्त राई । राईको यो सहयोग पाएकी पथरीशनिश्चरे नगरपालिका वडा नं. ३, मिलन टोल निवासी हरिना रसाइली भन्नु हुन्छ “उहाँ भक्तहोइन, हाम्रो घरको छानो लिएर आउने भगवान रुपि भक्त हुनुहुन्छ” ।
सामान्य परिवारका राई आफु खाईनखाई सामाजिक क्षेत्रमा भने सहयोग गर्न पछि पर्दैन्न । युवा व्यक्तित्व भक्तले छानो बिनाह्वाङ उघ्रिएको घरको दृश्य देखेर केही हुन सक्छ कि भन्ने आश लिएर मेयर, उपमेयरका सम्मपुग्नु भयो तर पार लागेन । अन्ततः आफ्नै गोजीबाटै सम्पूर्ण व्यवस्था गर्ने आँटगर्नुभयो ।
राई कुनै सम्पन्न ब्याक्त भने होइन्न तरउनि अरुको दुख भने देख्न सक्दैन्न । झट्टै अरुलाई विश्वास गर्ने भएका कारण अघिल्लोचुनावमा एमाले नेता तथा एकै कार्यकालमा ३ वटा मन्त्रालय समालेका मन्त्रि भानुभक्त ढकालबाटआफु पिडित बनेको गुनासो गर्नु हुन्छ । अघिल्लो चुनावमा एमालेका तर्फबाट बिकासनिर्माणको काम गरेको भुक्तानी हाल सम्म पनि नपाएको भक्त राईको गुनासो समेत छ ।
नगरमा विपन्नका लागि आवास निमार्ण अभियान भए पनित्यो हुने वाला र आफ्ना पाटिका लागि मात्र हुने गरेको देखिन्छ । जाडो याममान्यानो ओतका लागि पटक पटक नगर र वडा धाए पनि नपाएको जनगुनासो यत्र तत्र सुनिन्छ । महिनौं देखि चुहिएको छानोमा रातकाट्दै आएकी हरिना रसाइलीले पटक पटक वडा कार्यालय र नगर कार्यालय धाउनु भयोे ।दाताहरूसँग गुहार पनि माग्नु भयो, कहिँकतैबाट सुनुवाई भएन । छोरा छोरी हेर्चाह, घरमाबिरामी बुढा स्याहार गर्दै वडा नगर, मेयर, उपमेयर र वडाध्यक्षबाट आश मारेकी रसाइलीकोपरिवारले ओत पाएको छ ।
एमालेका नेताबाट आर्थिक पिडित बनेका भक्तराईंको सहयोगी भावनाको यति खेर धेरै चर्चा हुने गरेको छ ।