पथरी जेसिसको इतिहासमा पहिलो महिला अध्यक्ष अनु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

पथरी जेसिसको इतिहासमा पहिलो महिला अध्यक्ष अनु

साइनाे समाचारदाता/ पथरी माघ ४
पथरी जेसीजले १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२१ का अध्यक्ष प्रदीप फूयालले बर्ष २०२२ की अध्यक्षता अनिता राई (अनु) लाई पथरी जेसिस अध्यक्षको कार्यभार सुम्पिनु भएको छ । पथरी जेसिसको गत पूस १९ सम्पन्न भएको निर्वाचनबाट वर्ष २०२२ का लागि अध्यक्ष अनिता राई (अनु) सर्वसमत चयन हुनु भएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको नगर प्रमुख दिलिप कुमार राईले जेसिसको अभियान अनुरुप नेत्रित्व विकास र समाज रुपान्तरण सदैब लागिरहन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिनु भएको छ ।

कार्यक्रममा नेपाल जेसीजका भाइस प्रेसिडेन्ट दिपेन्द्र निरौलाले जेसीज पदाधिकारीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग प्रदान गर्ने बताउँदै कोभिड महामारीका समयमा पनि सशक्त रूपमा मानवीय सेवा प्रदान गर्ने नेपाल जेसीजको अभियान सफल बनाउन आग्रह गर्नु भएको छ ।

पथरी जेसिसको इतिहासमा पहिलो महिला अध्यक्ष हुनु भएकी राईले पद ग्रहण कार्यक्रमलाई सबोधन गर्दै पथरी जेसिसको तर्फबाट राष्ट्रिय जेसीजले चालेका अभियानलाई सफल पार्न आफु लागी पर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

पथरी जेसिसका लागि बर्ष २०२२ का लागि कार्यकारिणी उपाध्यक्षमा सिताराम दराल (सरोज) र सुबर्ण खत्री, उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्माला गिरी (एन्जिला), सुमन फुयाल, सचीवमा उज्वल लकान्द्री लगायत चयन भएका छन । पद हस्तान्तरण कार्यक्रममा निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाएको थियो ।

पथरीशनिश्चरे नगरमा रहेको हरियाली सामुदायिक वन सभाहलमा भएको कार्यक्रम पुर्व अध्यक्ष तथा निर्वाचन आयुक्त सन्तोष ढुंगेलले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर