बुद्ध चौकमा बुद्धको मुर्ती अनावरण, सहयाेगी दाता सम्मानीत - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

बुद्ध चौकमा बुद्धको मुर्ती अनावरण, सहयाेगी दाता सम्मानीत

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे २ बुद्ध चौकमा बुद्धको शालिक स्थापना भएको छ । चौकको बिच भागमा रहेको पुरानाे मन्दिर सहितको मुर्ती हटाएर नयाँ सालिक स्थापना भएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरि पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलाले उत्त सालिकको अनावरण गर्नु भएको छ ।

सालिक अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख राईले  शान्ति भुमी बुद्धको देश भनेर विश्व भरी चिनिएको नेपाल र नेपालीले बुद्धले देखाएको बाटो विर्सिन नहुने बताए । नगर धार्मिक सहिष्णुता, संस्कार संस्कृती जंगेणनाका लागि नागरीक संग हातेमालो गर्न तयार रहेको राईले बताए ।कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट बास्ताेलाले नेपाल विभिन्न जात जाती धर्म संस्कार र भाषाका समुदाय एक आपसमा मिलेर हरेकाे भन्दै बुद्धकाे मार्ग मा हिड्न सबैमा आग्रह गर्नु भयाे । हामी नेपाली विश्व भरि शान्त्तिकाे सन्देश छर्ने बुद्ध शिश्य रहेकाे र बुद्ध नेपाल र नेपालीकाे पहिचान रहेकाे बास्ताेलाले बताउनु भयाे । कार्यक्रममा प्रमुख प्रसासकृय अधिकृत लक्ष्मि खरेल, वडाध्यक्ष याम गुरगाई, समाज सेवी विरबहादुर बस्नेत लगायतको उपस्थीती रहेको थियो ।

८ लाख रुपयाँको लगानिमा निर्मित नयाँ पितल सहितको बुद्धको सालिकका लागि पथरी शनिश्चरे नगरपालिकाले ४ लाख ५० हजार र वडा नं २ ले २ लाख सहयोग गरेको बुद्ध व्यावस्थापन समितिका अध्यक्ष टिका तामाङले बताए । स्थानिय युवाहरु र बुद्ध व्यावस्थापन समितिको पहलमा चौकको विचमा रहेको ठुलो क्षेत्रफल ओगटेको र धेरै दुर्घटना निम्त्याएका कारण पुरानो सालिक हटाएर नयाँ सुन्दर र सानो सालिक स्थापना भएको हो सचिव नैना राईले बताए।

सालिकका लागि स्थानीय युवा र बुद्ध चाैक बारीले १ लाख ५० हजार सहयाेग गरेका थिए ।

सम्बन्धित खवर