नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुँने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुँने

साइनाे समाचारदाता विराटनगर, १ माघ/ नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउँन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउँन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउँन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएका छन् ।

सहमतिपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्रचार्य प्रा.डा. रामहरी घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रवन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् । यता, आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुका अभिभावक बीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहमति जुटेकाले अब विद्यार्थी आन्दोलन स्थगित हुँने अभिभावकहरुले जनाएका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले पनि अभिभावकहरुसँग सहमति जुटेकाले विद्यार्थी आन्दोलन स्थगित भएर अब पठनपाठन सूचारु हुँने प्रतिक्रिया दिए ।

सम्बन्धित खवर