साइनाे समाचारदाता पथरी/ नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मा माथि शुक्रबार सिंहदरबार परिसरमा भएको दुव्र्यवहारको भत्सना गर्दै नेपाली काग्रेंस मोरङ क्षेत्र नं. ३ ले प्रेस विज्ञप्ती निकालेको छ । मोरङको पथरी शनिश्चरे पार्टि कार्यलयमा भएको पत्रकार सम्मेलनमा सिंहदरबार परिसरमा भएको दुव्र्यवहार साथै झुटो समाचार प्रति क्षेत्र नं. ३ ले आपत्ति जनाएको छ । भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न मोरङ कांग्रेस क्षेत्र नं. ३ ले माग गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा साथै मेडिकल संचालक माथि भएको यस्तो दुव्र्यवहारले ‘कानूनी राज्यमा लोकतन्त्रको उपहास भएको, भन्दै दोषी जो कोही भए पनि कारबाही हुनुपर्ने माग प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ सभापति गणेस खड्काको हस्ताक्षर रहेको विज्ञप्तिमा राज्यले पुष्टी नगरेका कुरा र हुदै नभएको घटनालाई छिटो सुचना प्रवाह गर्ने निहुमा असत्य अब्यावहारीक र अपुस्ट समाचार प्रसारण गरी जनमानसमा भ्रम फैलाउने संचार माध्यमबाट सतर्कता रहन जन समुदायमा अनुरोध रमेत गरेको छ ।
डां. शर्मा मोरङ क्षेत्र नं. ३ का जनतालाई स्वास्थका क्षेत्रमा न्यूउन शुल्कमा सेवा गर्दै र गरिवका छोरा छोरीलाई डाक्टर पढाउदै जनता माझ लोकप्रिय रहेका छन । डां. शर्मा गएको निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका थिए ।