देश र राजा ल्याउन सम्पुर्ण नेपाली एक हुनुपर्ने बेला आएकाे छ : सुवास निरौला - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

देश र राजा ल्याउन सम्पुर्ण नेपाली एक हुनुपर्ने बेला आएकाे छ : सुवास निरौला

साइनाे समाचारदाता/ अब सबै राष्ट्रबादी नागरीकहरु एकजुट भएर राजा सहितको राजतन्त्र राज्यका लागि लड्नु पर्ने बेला भएकाे राष्ट्रबादी नागरीकका संयोजक सुवास निरौलाले बताएका छन । मोरङको कानेपोखरी ३ मा ३०० औं पृर्थ्वि जयन्ति तथा राष्ट्रिय एकता दिवश कार्यक्रममा बाेल्दै पृर्थ्वि नारायण शाहले नेपाल एकिकरण गरि सम्पुर्ण नेपालीलाई एकिकृत गदै सिंग्गाे नेपाल निमार्ण गरेको योग्दान नेताहरुले विर्शिएका कारण नेपाली नेपाली र नेपालीले समस्या भाेग्नु परेकाे निरौलाले बताए ।

राष्ट्रबादी नागरीक समाजको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रबादी नागरीक डा. राजेन्द्र पोख्रेलले दलहरूले आधा देश बेचेर खाइसकेकाेले नयाँ क्रान्ति सुरु गर्न आवश्यक भएको बताउनुभयो ।दलाल र देश बेचुवाबाट नेपाल जाेगाउनु पर्नेमा जाेडदिँदै डाक्टर पाेख्रेलले राजसंस्था बाहेक कसैलाई देश र नागरिकको माया नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथी डा. के एन ठाकुर, बासुदेव मण्डल, सुरेस मण्डल, गणेश खतिवडा, देविबहादुर विष्ट लगायतले राजा र राजाका पालामा भएका याेग्दानहरु कहिल्यै भुल्न नहुने भन्दै शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिनन जात जातिका झाकीका साथ स्वास्थ सिविर समेत राखिएको थियो । मोरङको कानेपोखरी ३ काे आयाेजनाभा भएकाे ३०० औं पृर्थ्वि जयन्ति तथा राष्ट्रिय एकता दिवश भब्यताका साथ सम्पन्न भएको थियाे । कार्यक्रममा सहभागी विभिन्न झाकी र भजन समुहहरुलाई कार्यक्रमका संयोजक सुवास निरौलाले नेपालको राष्ट्र झण्डा समेत वितरण गर्नु भएको थियो ।

सम्बन्धित खवर