भक्तपुरको सूर्यविनायकमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

भक्तपुरको सूर्यविनायकमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका–४ सूर्यविनायकमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

मिनर्वा इङ्गलिस स्कूलमा भएको शिविरमा ९८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १८२ जनाको रक्त परीक्षण, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत निकालिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर