साइनाे समाचारदाता झापा/ झापाको गौरादह–१ मा फुटसल संचालनमा आएको छ । स्थानिय दुईजना युवा ब्यवसायीले सञ्चालनमा ल्याएको फुटसल खेल मैदानको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले उद्घाटन गर्नु भएको छ ।
युवा ब्यवसायी अर्जुन खड्का र सन्तोष बिष्टले ७० लाख रुपैयाँको लगानीमा फुटसलमा संचालनमा ल्याएका हुन । एकसाता अघिबाट सञ्चालनमा आएको फुटसलको शनिबार औपचारिक उद्घाटन भएको हो । फाइभ साइड क्षमताको फुटसलमा प्रति खेलको प्रतिब्यक्ति न्युनतम ६५ रुपैयाँ देखि अधिकतम १ सय रुपैयाँ लाग्ने सञ्चालक खड्काले जानकारी दिएका छन ।
फुटसल खेल मैदानको उद्घाटन गर्दै नगर प्रमुख साहले सङ्गीत र मनोरञ्जन जस्तै खेलकुद पनि मानिसका लागि अनिवार्य आवश्यक भएको बताउनु भयो । शाहाले एउटा नगरलाई समृद्ध बनाउन सबै क्षेत्रको विकास हुनु आवश्यक भएको बताउँदै युवा ब्यवसायी अर्जुन खड्का र सन्तोष बिष्टले गौरादह नगरको विकासमा सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापा ५ (क) का सभापति जीवन राईले गौरादहको खेलकुद बिकासमा फुटसल स्थापनाले नयाँ आयाम थपेको बताउदै फुटसल खेलको माध्यमबाट शारिरिक अभ्यास हुनेमा जोड दिनु भयो ।
फाइभ साइड क्षमताको फुटसलमा सामान्यतया एउटा प्रतियोगिता १ घण्टा खेल्ने गर्छन भने फुटसल इन्डोर खेल भएकाले बिहान दिउसो र बेलुकी जुनसुकै समयमा पनि खेल्न सकिने सञ्चालक सन्तोष बिष्टले जानकारी दिनु भयो । गौरादह फुटसलका सञ्चालक अर्जुन खड्काको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक सन्तोष बिष्टले स्वागत मन्तब्य गर्नु भएको थियो ।