साइनो समाचारदाता पथरी/ उच्च शिक्षालय तथा माध्यमिक विध्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा भएको प्लस टु वक्तिृत्वकला प्रतियोगिता २०७८ को उपाधी भानु मेमोरियल विराटनगरका रुपेश विष्टले हात पारेका छन ।
मोरङका निजी विध्यालय प्लस टु का २६ विध्यार्थीले “शैक्षिक क्षेत्रमा कोभिड–१९ को असर” भन्ने विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कोभिडका समयमा विध्यालयले गरेको अलाईन शिक्षाको ब्यापार र विध्यार्थीमा देखिएको समस्या साथै विध्यार्थीले पाएको उच्च अंकको महत्यो नरहेको भन्दै सरकारले अघि सारेको शिक्षा नीति माथि चोटिलो प्रहार गरेका थिए ।
मोरङको पथरी शनिश्चरेमा भएको प्रतियोगितामा शिक्षा सन्देश बेलबारीकी दीक्षा कार्की दोस्रो, शिक्षा दिप विराटनगरकी सलिना गिरी तेस्रो भइन भने भानु मेमोरियल विराटनगरकी निष्टा बस्नेत, कान्तिपुर विराटनगरका निरज चौधरी, अरिनिको विराटनगरकी स्निधा कोईरालाले सान्तवना हात पारेका छन ।
विजयी विध्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिका शिक्षा शाखा प्रमुख सालिग्राम काफ्ले, विशिष्ट अतिथि हिसान मोरङका अध्यक्ष राजेश कार्कीले नगद तथा ट्रर्फी प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो ।
विराट मन्टिपल कलेज विराटनगर, हिमालय दर्शन कलेज विराटनगर, निहारिका कलेज विराटनगरको प्रायोजनमा भएको प्रतियोगिता मोरङको पथरी शनिश्चरेमा भएको थियो । रेडस्टार बोडिङ स्कृलको संयोजनमा भएको प्रतियोगितामा पथरी बहुमुखी क्याम्पसका प्राचार्य चेतन पौडेल, उर्लावारी बहुमुखी क्यामपसका प्रध्यापक शिक्षक केशव निरौला र लेटाङ बहुमुखी क्याम्पसका प्राध्यापक होम नाथ बराल निर्णायक मडलमा रहनु भएको थियो ।