सुनाखरी माविकाे २९औँ वार्षिकोत्सव - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

सुनाखरी माविकाे २९औँ वार्षिकोत्सव

साइनाे समाचारदाता पथरी/ मोरङ्गको पथरी शनिश्चरे १ मा स्थापित सुनाखरी माध्यमिक विद्यालयकाे २९औँ वार्षिकोत्सब विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । विद्यालय स्थापनाको २९औँ बर्ष प्रवेशको अवसरमा विद्यालयले पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष, पुर्व शिक्षकहरुलाई सम्मान गरेको छ। साथै विद्यालयले शिक्षकहरुमध्ये उत्कृष्ट शिक्षक, कर्मचारी लगायत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।

सम्मान तथा पुरस्कार वितरणर गर्दै पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राईले सामुदायीक विध्यालयले विध्यार्थीकाे शैक्षिक स्तर उकास्न विध्यालय सग सहकार्य गर्न नगर तयार रहेकाे बताए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रदिप कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासङ्घ पथरीशनिश्चरे नगर अध्यक्ष अर्जुन कुमार बुढाथाेकी, नगर शिक्षा अधिकृत सालिग्राम काफ्ले रुपनारायण भट्टराईऽ डिएन तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र घिसिङ्ले आफू विद्यालयको शैक्षिक गुणस्तर उकास्ने र प्रविधिमैत्री शिक्षामा सदैब जोड दिदै समय सापेक्ष शिक्षा प्रदान गर्न लागि परेको बताउनु भयो । २९औँ वार्षिकोत्सब अवसरमा विध्यार्थीहरु नित्य गायन तथा आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

 

सम्बन्धित खवर