चौथो अन्तराष्ट्रिय आमन्त्रण भेट्रान्स कप सुनवर्षिमा हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

चौथो अन्तराष्ट्रिय आमन्त्रण भेट्रान्स कप सुनवर्षिमा हुने

सरोज निरौला

मोरङ १० पौष – मोरङको सुनवर्षि नगरपालिकामा चौथो अन्तराष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकप २०७८ अयोजना हुने भएको छ ।
फागुन ७ गतेदेखि सुरुहुने प्रतियोगीतामा नेपाल भारत र भुटानका १२ टिमको सहभागीता रहने १० गते शनिबार पत्रकार सम्मेलनको अयोजना गरि जानकारी गराईएको छ ।

प्रतीयोगीताको बिजेताले नगद ५ लाख ११ हजार र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने अयोजकले जनाएको छ । भेट्रान्स तर्फकै सर्वाधिक राशि भएको प्रतियोगीतलाई मोरङ जिल्ला खेलुकद संघ र एन्फाको तर्फबाट बिषेश सहयोग रहने पत्रकार सम्मेलनमा मोरङ खेलकुद संघका अध्यक्ष दिपेन्द« धिमालले बताए ।

राष्ट्रिय र अन्तराष्ट्रियका चर्चित टिमसहित सञ्चालन हुने प्रतियोगीता अमरदह स्थित बिरेन्द« सार्वजनीक माविको खेलमैदानमा हुने छ । देश तथा विदेश र विभिन्न संघ सस्थाको सहयोग रहने प्रतियोगीतालाई सुनबर्षि नगरपालिकाले ८ लाख रुपैँया सहयोग गरेको ढल्केजोवन प्रतियोगीताका अध्यक्ष तथा सुनबर्षि नगरपलिका २ का वडा अध्यक्ष प्रताप तामाङले जानकारी गराए । प्रतियोगीताको अनुमानीत लागत ३० लाख रुपैँया रहने अयोजक कमिटले बताएको छ ।

 

सम्बन्धित खवर