किराँत समुदायको महान चाड उधौली पर्वमा शुभकामना आदन प्रदान । - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

किराँत समुदायको महान चाड उधौली पर्वमा शुभकामना आदन प्रदान ।

साइनाे समाचारदात पथरी/ लेटाङ याक्थुङ चुम्लुङ लेटाङको आयोजनामा उधौली पर्वको अवसरमा शुभकामना आदन प्रदान गरिएको छ । प्रत्येक वर्ष संसार भरी छरिएर रहेका भुमिपुत्र किराँत समुदायले यो पर्व विशेष मनाउने गरेका छन । लिम्बू सस्कार अनुसार नयाँ वर्ष सुरु भए संगै मनाईदै आएको चासोक तङनाम २०७८ लेटाङ नगर याक्थुङ चुम्लुङले एक कार्यक्रममको अयखभेजना गरी आपसमा शुभकामना आदन प्रदान गरि मनाएको छन ।


हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाडमा किराँत समुदायहरु एकिकृत भएर मनाउने चलन छ । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
ललित बहादुर संयक लिम्बूको संयोजकमा भएको कार्यक्रमको प्रमुख आतिथी लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख राईले नगरका सबै सामाजिक ,धार्मिक संघ संस्थाका लागि नगरपालिका सहकार्यमा काम गर्न तयार रहेको बताएका छन ।

 


कार्यक्रममा लेटाङ नगरपालिका वडा ३ का वडाध्यक्ष देवराज चाम्लिङ लगायत समाजसेवी तथा बुद्दिजिबीहरुको उपस्थित रहेको थियोे ।
मेरो सुविधा कटाई देउ नगरबाट फुसको छानो हटाई देउ अभियान चलाएका राईले प्रति वडा ४ सय परिवारलाई निशुल्क बीमा र १२ वर्ष देखि श्रीमान बेपत्ता भएका एकल महिलालाई आर्थिक सहयोग वितरण सम्बन्धी कार्यविधि समेत नगरपालिकाले तयार गरेको बताए ।

कार्यक्रम चुम्लुङका अध्यक्ष जीवन खेवाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिले आआफ्नो जातको नृत्य प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर