लेटाङमा येशु क्रीष्टको जन्मोत्सव मनाईयो - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

 लेटाङमा येशु क्रीष्टको जन्मोत्सव मनाईयो

 साइनाे समाचारदाता लेटाङ/ येशु ख्रीष्टको जन्मोत्शवको अवशर पारेर लेटाङमा शुभकामना आदनप्रदान गरिएको छ । आज ईसाइ एकता समाज लेटाङ मोरङको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरपालिका क्षेत्र परिक्रमा गरि ईसाई एकता समाजको सभाहल लेटाङ ६ मा गरिएको थियो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी हुनुहुन्थ्यो । क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले धर्म निरपेक्ष देश भएको कारण सबै धर्म समान भएकाले सवैले धर्मलाई समान दृष्टीकोण राख्नुपर्नेमा जोड दिनुभयो । लेटाङमा आज सम्म हिन्दु,ईसाई,मुस्लिम, बौद्ध लगायतका धर्मावलम्बीहरु मिलेर बसेको उल्लेख गर्दै समाज रुपान्तरणका लागि सवैले सवैको सम्मान गर्न आवश्यक रहेको औल्याउनुभयो । ईसास समाजलाई भौतिक विकासका लागि आर्थिक सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रमलाई, वडा अध्यक्षहरु तेजप्रसाद तिम्सिना, देवराज चाम्लिङ, जंगवीर तामाङ, नेकपा एमाले प्रदेश कमिटि सदस्य भुपेन्द्र लावती , बाणिज्य संघका अध्यक्ष खड्ग श्रेष्ठ लगायतले शुभकामना दिनुभयो । कार्यक्रम विवि कार्कीको अध्यक्षता भएको थियो ।

सम्बन्धित खवर