डोजर पुरिँदा म्याग्दीमा एकजनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

डोजर पुरिँदा म्याग्दीमा एकजनाको मृत्यु

पर्वत : काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिँदा म्याग्दीमा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईका अनुसार रघुगंगा गाउँपालिका–४ दग्नाममा निर्माणाधीन अवस्थामा रहेको ४८ दशमलव ५ मेगावाट क्षमताको हाई हिमालयन टुडी माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको काम गर्दै गरेको अवस्थामा माटोको ढिस्को खसेर डोजर पुरिएको हो।

मृत्यु हुनेमा डोजरका अपरेटर रघुगंगा गाउँपालिका–२ भगवतीका २७ वर्षीय भीमबहादुर खत्री छन्। मृतकको शव डोजरभित्रै रहेको र निकाल्नको स्थानीयवासी र घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको डिएसपी राईले बताए।

सम्बन्धित खवर