पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालय उद्घाटन् - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालय उद्घाटन्

मोरङ पथरी शनिश्चरे वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन् भएकाे छ । शुक्रवार  वडा कार्यालयले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन् गरेकाे हाे ।

नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन् कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको स‌युक्त सहभागितामा भवन उद्घाटन् गरिएको हो । वडा कार्यालय संगै सखुवारामा रहेको वडाको आधारभूत स्वास्थ सेवा केन्द्र भवनको पनि उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले नगरले आफ्नो क्षमताले भ्याएसम्म वडा वडामा विकास निर्माणको काममा गति दिएर नगरवासीको सेवामा निरन्तर लागिपरिरहेको वताउनु भयो ।

सो अवसरमा ४८ जना सहयोगदातालाई सम्मानित गरिएको छ । साथै वडाका महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक तथा कर्मचारी, ज्येष्ठ नागरिक सहितलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । वडाध्यक्ष बाबुराम दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबारे बजार व्यवस्थापन समितिको ३ कठ्ठा १० धुरमा स्थानीय ४८ जनाले कम्तिमा २० हजार रुपैयाँका दरले रकम सहयोग प्रदान गरी थप १ कठ्ठा जग्गा खरिद गरिएको थियो ।

सम्बन्धित खवर