केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

केएमसीको शिविरबाट बनेपाका ११ सय विरामीको निःशुल्क उपचार

साइनाे समाचारदाता काभ्रे/ काभ्रेको बनेपा नगरपालिकामा मंगलबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दा बढी विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बनेपा नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार १ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका क्रममा २१३ जनाको रक्त परीक्षण, १६४ जनाई मुटुको जाँच (इसीजी) र ११७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ३१ जनाको दाँत उखेलिएको छ । यता, शिविरमा उपचार सम्भव नभई अप्रेशन गर्नुपर्ने अवस्थाका ४२ जना विरामीलाई अस्पताल रेफर गरिएको छ । यसअघि केएमसीले काभ्रेको धुलिखेलमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट १ हजार १ सय ६५ विरामी लाभान्वित भएका थिए ।

पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि नै केएमसीले बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट हजारौं विरामीले उपचार पाएका छन् । ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

सम्बन्धित खवर