पथरी बहुमुखीका नव आगन्तुक विद्यार्थीलाई स्वागत - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

पथरी बहुमुखीका नव आगन्तुक विद्यार्थीलाई स्वागत

साइनाे समाचारदाता पथरी/  माेरङकाे पथरी सनिस्चरे १ मा रहेक नगर कै एक मात्र क्याम्पस पथरी बहुमुखी क्याम्पसका नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वागत गिरएकाे छ । पथरि बहुमुखी क्याम्पस र स्वातन्त्र विद्यार्थी युनियानकाे आयाेजनामा  नवआगन्तुक विद्यार्थीहरूलाई साँस्कृतिक कार्यक्रमका विच स्वागत गरिएकाे हाे ।

कार्यक्रममा स्नतक र स्नातकाेत्तरका १ सय ५० विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी क्यामपस प्रमुख चेतन पाैडेल र स्वातन्त्र विद्यार्थी युनियनका सभापति गिरिस सावँले खादा तथा माला लगाएर सम्मान गर्नु भएकाे छ । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वातन्त्र विद्यार्थी युनियानका सदस्य तथा कार्यक्रमका संयाेजक केशर थुलुङ्ग राईले स्वागत मन्तवय राख्नु भएको थियाे ।
साँस्कृतिक कार्यक्रमकाकाे उद्घाटन गर्दै क्याम्पस प्रमुख पाैडेलले क्याम्पसका बारेमा विद्यार्थीलाई प्रस्ट पार्दै विद्यार्थीकाे हरेक शैक्षिक गतिबिधीमा क्याम्पस सम्बेदनशिल रहेर अगाडी बढ्ने बताउनु भयाे । कार्यत्क्रममा ने बि संघका इकाइ सभापति बिदुर बस्नेत (काजि ) ले हरेक विद्यार्थीका शैक्षिक हकहितका लागि नेबि संघ जहिले पनि विद्यार्थीहरुकाे पक्षामा रहने बताउनु भयाे । बस्नेतले आफ्नाे संगठन कहिले पछि नहट्ने प्रतिबदाता जनाउनु भएकाे थियाे ।
नगरकै गाैरव पथरी बहुमुखी क्याम्पस राेजेर आफ्नाे शिक्षा अघि बढाउन पथरी बहुमुखी क्याम्पस राेज्ने नव आगन्तुक विद्यार्थीहरु धन्यबाद दिदै स्व बि यु सदस्य उज्वल लकान्द्रीले स्वातन्त्र विद्यार्थी युनियन विद्यार्थी पक्षामा रहेकाे बताउनु भएकाे छ । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु द्धारा दुई दर्जन भन्दा बढि नृत्य र गायन प्रस्तुति भएको थियाे
कार्यक्रममा क्याम्पसका हरेक समस्यामा सबै विद्यार्थीहरु एक जुट भएर अघि बढ्न र उच्च शिक्षा हासिल गर्ने एक माध्यम यस क्याम्पसलाई बनाउन अनेरास्ववियुका राेशन कटुवालले विद्यार्थीहरुलाई अनुराेध गर्नु भयाे ।

सम्बन्धित खवर