कानेपोखरी गाउँपालिका द्धारा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवशमा ४ जनालाई सम्मान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

कानेपोखरी गाउँपालिका द्धारा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवशमा ४ जनालाई सम्मान

साइनाे समाचारदाता पथरी/ मोरङको कानेपोखरी गाउँपालिकाले ४ जना शारीरिक अपाङ्ग भएका ब्याक्तीलाई सम्मान गरेको छ । ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा गाउँपालिकाले ४ जनालाई सम्मान र २२ जना शारीरिक अपाङ्ग ब्यात्तीलाई सहयोगी सामाग्री वितरण गरेको छ ।


अपाङ्गता भए पनि कृर्षी र पशुपालनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै गाउँपालिकाले सम्मान गरेको कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बाहादुर काफ्लेले बताउनु भयो । सम्मान हुनेमा दिपक लुईटेल, खोनाइ चौधरी, पुन्य प्रसाद कोइराला र पुर्ण प्रसाद गुरगाई रहेका छन ।
“हाम्रो प्राथमिताको आधार, अपाङ्गता भएका ब्याक्तीको अधिकार” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा गाउँपालिका भित्रका अपाङ्गता भएका ब्याक्तीहरुका लागि गाउँपालिकाले अभिभावको भुमिका निर्वाह गर्ने अध्यक्ष काफ्लेले बताउनु भयो ।


गाउँपालीका परिसरमा भएको कार्यक्रममा शारीरिक अपाङ्गता भएका २२ जना ब्याक्तीलाई गाउँपालिका अध्यक्ष काफ्ले र उपाध्यक्ष राज कुमारी इङनामले ह्वील चियर, वाकर, इयरफोन र वाइट स्टीक वितरण गर्नु भएको थियो ।
कनेपोखरी गाउँपालीका महिला बालबालीका तथा सामाजिक विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत गायत्री श्रेष्ठ वडाध्यक्ष शुशिल बुढाथोकी, मोहन प्रसाद अधिकारी, चरण गुरुङ, खड्ग बस्नेत लगायतको उपस्थीती रहेको थियो ।

सम्बन्धित खवर