क्षेत्रिय र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलकाे अग्रता नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र न. ३ काे क्षेत्रिय सभापतिमा काेइराला प्यानलका गणेशकुमार खड्का विजयी भएका छन् ।
बेलबारीकाे बाैद्व गुम्बामा भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनकाे निर्वाचन प्रक्रियाबाट क्षेत्र न. ३ अन्तर्गत पथरीका खड्का सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित खड्काले २५८ मत प्राप्त गरेका छन् । खड्काकाे सिङ्गो काेइराला प्यानल नै विजयी बनेको हाे ।
तेसै गरि सभापतिमा उपविजेता देउवा प्यानलका राजेन्द्रप्रसाद ढकालले १९६ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा अर्का स्वतन्त्र उमेद्ववार केशव दुलालले १५ मत प्राप्त गरे ।
माेरङ क्षेत्र नं ३ मा ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो । मतगणनाको फाइनल परिणामलाई हेर्दा क्षेत्रिय र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरूको अग्रता रहेको छ ।
***************************************
क्षेत्र नं ३ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि हरु को अन्तिम मत परिणाम
महिला खुल्ला :-
कमला देवी अधिकारी ३००
कविता पराजुली २८९
मन्जु कुमारी फुयाँल १००
मिना बि. क. सेन्चुरी २८१
मुना गजुरेल १२७
रमादेवी पोख्रेल (दाहाल) १३८
रुकमिणी धिमाल ३४१
खुल्ला तर्फ:-
खस आर्य महिला :-
कविता न्यौपाने २६७
विन्दु कुमारी कार्की २८८
भगवती पौडेल १९३
खस आर्य पुरुष :-
दिल बहादुर खड्का १०६
देवेन्द्र थापा २३१
राजेश जंग कार्की १२५
राम हरी कोइराला २५५
हरी प्रसाद कोइराला ९३
आदिवासी जनजाति :-
जयराज संयोग लिम्बू २६६
पर्शुराम गुरुङ ११५
प्रतित सुब्बा ११७
मनोज श्रेष्ठ ७५
विक्रम लिम्बू २८८
थारु कोटा :-
बुलो कुमारी चौधरी २९१
शोभाकान्त चौधरी ८९
अपाङ्ग, मुस्लिम, अल्पसंख्यक :-
अताबुल मंसुरी १४७
नरबहादुर कार्की १८९
शम्भु राज भट्टराई १०१