जहदा भेट्रान्सकाे उपाधि आयोजकलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

जहदा भेट्रान्सकाे उपाधि आयोजकलाई

साइनाे समाचारदाता/ आयोजक जहदा भेट्रान्स, मोरङले आइतबार सम्पन्न जहदा भेट्रान्स कपको उपाधि जित्न सफल भएको छ । फाइनलमा इटहरी भेट्रान्सलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै आयोजक च्याम्पियन बनेको हो ।

जहदा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा आयोजकका लागि डेनिम राईले पेनाल्टीबाट गरेको एक मात्र गोल फाइनलको निर्णायक गोल बन्यो । भुपेन लिम्बु फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

विजेता बनेको जहदाले उपाधिसहित १ लाख ११ हजार हात पार्यो भने उपविजेता इटहरीले ६६,६६६ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नगेन मणि लिम्बु घोषित भए ।

उत्कृष्ट गोलरक्षक राजेन्द्र धिमाल चुनिए भने उत्कृष्ट डिफेन्डर बिष्णु सुनुवार घोषित भए । उत्कृष्ट मिडफिल्डर डेनिम राई बन्दा उत्कृष्ट फरवार्ड रमेश गुरुङ घोषित भए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार जनकराज सुनुवारले जित्दा उत्कृष्ट प्रशिक्षक सन्दिप रसाइली घोषित भए । विजयी खेलाडीहरुलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।

सम्बन्धित खवर