६ करोड ९३ लाखकाे लेटाङकाे राजारानी ताल संरक्षण र सौन्दयकरण योजनाको शिलन्यास - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

६ करोड ९३ लाखकाे लेटाङकाे राजारानी ताल संरक्षण र सौन्दयकरण योजनाको शिलन्यास

साइनाे समाचारदाता पथरी/  राजारानी तालको पर्यटन प्रबद्धन गर्ने उदेश्यका साथ मोरङको लेटाङमा राजारानी ताल संरक्षण र सौन्दयकरण योजनाको शिलन्यास भएको छ । सि एम जोशी जे भि राजविराजले २०७९ फागुन भित्र संपन्न हुने कुल ६ करोड ९३ लाख ८ सय २५ रुपयाको लागतमा योजना निमार्ण सुरु गरेको छ ।


विहिबार नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निरौला र वडाध्यक्ष विणु मगरले यत्त योजनाको संयुक्त शिलन्यास गर्नु भएको छ ।
विहिबार उत्त योजनाको शिलन्यास गर्दै नगर प्रमुख शंकर राईले पौराणीक महत्व बोकेको राजारानीमा एसियामै नभएको बनस्पती भएकाले यो योजना सम्पन्न भए पछि संरक्षण हुने बताउनु भयो भने चाडो काम सम्पन्न गर्न निमार्ण ब्यावसायीहरुलाई कुनै अवरोध सृजना हुन नदिने वडा नं. १ का वडाध्यक्ष विष्णु मगरले बताए ।


राजारानी ताल पोखरीले इतिहास बोकेको र धिमाल जातिको महत्व बोकेको स्थानमा लेटाङ नगरपालिकाको ३५ प्रतिशत र संस्कृती पयटन मन्त्रालयको ६५ प्रतिशत साझेदारीमा काम सुरु भएको इन्जीनियर भानु राईले बताए । समय भित्रै काम संम्पन्न भए ४ सय २० रोपनी क्षेत्रफल भित्र रहेको ३ ओटा पोखरी २ ओटा मन्दिर र ४६ प्रजातीका सुनाखरी सहित बनस्पतीको संरक्षण हुने छ ।

सम्बन्धित खवर